बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ

· शुक्रबार, ८ भदौ, २०८१ मा प्रकाशित
विदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ
काठमाडौँ, भदौ ८ :

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा प्यूठान गौमुखी गाउँपालिका- ७ घर भई काठमाडौँ महानगरपालिका- २६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगङ्गा नगरपालिका- ९ मुसरिया घर भई काठमाडौँ बुढानीलकण्ठ नगरपालिका- ५ मण्डिखाटार बस्ने ३० वर्षीय ईश्वर प्रसाद ढकाल रहेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने मध्ये लाल बहादुरले १ जना पीडितबाट ३ लाख ५० हजार रुपैयाँ र ईश्वर प्रसादले १ जना पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

लाल बहादुरलाई काठमाडौँ नयाँबसपार्कबाट र ईश्वर प्रसादलाई काठमाडौँ महाराजगञ्जबाट हिजो पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार