बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

साफ च्याम्पियनसिपः नेपाल समूह विजेता, आज भारत र माल्दिभ्स खेल्दै 

· शुक्रबार, ८ भदौ, २०८१ मा प्रकाशित
साफ च्याम्पियनसिपः नेपाल समूह विजेता, आज भारत र माल्दिभ्स खेल्दै 
काठमाडौँ, भदौ ८ :

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत आज समूह बी का भारत र माल्दिभ्स खेल्दैछन् ।

समूह चरणको यो अन्तिम खेलबाट सेमिफाइनल समीकरण पूरा हुनेछ । यो समूहको अर्को टोली भुटानले पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै राखेको छ । सेमिफाइनलमा एउटा समूहको विजेताले अर्को समूहको उपविजेतासँग खेल्नेछ ।

नेपाल समूह ए को विजेता बनेको छ । हिजो भएको खेलमा बङ्गलादेशलाई २- १ ले हराउँदै नेपाल समूह विजेता बनेको हो । 

यो जितसँगै नेपालले २ खेलमा ६ अङ्क जोडेको छ । बङ्गलादेशको २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

यो समूहको श्रीलङ्का भने लगातार दुई खेलमा हार बेहोर्दै समूह चरणबाटै बाहिरिइसकेको छ ।

बङ्गलादेश र नेपालको खेल, फोटोः एन्फा

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार