बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
विदेश

कुर्स्कको भ्रमणमा पुटिन, युक्रेनको कब्जाबाट आफ्नो भूमि फिर्ता लिने बारेमा के भन्छन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० फागुन, २०८१ मा प्रकाशित
कुर्स्कको भ्रमणमा पुटिन, युक्रेनको कब्जाबाट आफ्नो भूमि फिर्ता लिने बारेमा के भन्छन् ?
काठमाडौं, फागुन ३० :

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुर्स्क क्षेत्रको भ्रमण गरेका छन् । रुस-युक्रेन युद्ध सुरु भएपछि यो उनको यस क्षेत्रमा पहिलो भ्रमण हो ।

रुसका प्रमुख जनरल स्टाफले यस क्षेत्रको ११ सय वर्ग किलोमिटर भूमि युक्रेनी कब्जाबाट मुक्त भएको बताएका छन् ।

रुसी मिडिया रिपोर्टका अनुसार आफ्नो भ्रमणको क्रममा पुटिनले आफ्नो सेनालाई कुर्स्क क्षेत्रलाई ‘पूर्ण रूपमा मुक्त’ गर्न आग्रह गरेका छन् ।

युक्रेनले अगस्त २०२४ मा रुसको कुर्स्क क्षेत्रमा आक्रमण गर्‍यो र ठूलो क्षेत्र कब्जा गर्‍यो । त्यसपछि रुसले यहाँबाट हजारौं मानिसलाई बाहिर निकाल्यो ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले कुर्स्कको युद्धले बफर जोन सिर्जना गरेको र पूर्वी युक्रेनमा रूसी सेनाको तैनाथीलाई रोकेको बताएका थिए ।

हालैका समयमा, रुसले कुर्स्क क्षेत्रमा आफ्नो भूमि फिर्ता लिइरहेको रिपोर्टहरू बाहिर आएका छन् ।

यसैबीच, ट्रम्पका विशेष दूत युद्धविरामको बारेमा वार्ता गर्न चाँडै मस्को पुग्ने तयारीमा छन् । यद्यपि, अमेरिकी प्रस्तावमा पुटिनबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यसअघि साउदी अरेबियामा भएको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको छ । ट्रम्पले अब रुसलाई पनि त्यसका लागि मनाउन खोजिरहेका छन् । -बीबीसी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार