
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद्हरुलाई तथ्यमा आधारित भएर बोल्न आग्रह गरेका छन् ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले प्रतिनिधसभाको आइतबारको बैठकमा कांग्रेसका नेताले सत्ताको आडमा तारकेश्वरस्थित लोकतान्त्रिक चोकको सरकारी जग्गा हडपेको आरोप लगाएपछि सभामुखले तथ्यमा टेकेर बोल्न उनलाई आग्रह गरेका हुन् ।
सभामुख घिमिरेले संसद्मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयम सांसद जिम्मेवार हुने बताए । कुरा उठाउनेबित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि हटाउन सकिने उनले बताए ।
सुमनाले कांग्रेसका नेतामाथि गम्भीर आरोप लगाएपछि कांग्रेसका सांसदहरु राजेन्द्र केसी , सुशीला थिङ र राजेन्द्र बजगाईंले आपत्ति मात्र जनाएनन् कि त्यस अभिव्यक्तिलाई हटाउन मागसमेत गरे ।
उनको भनाइलाई लिएर कांग्रेसका सांसद राजेन्द्र केसीले आपत्ति जनाएपछि रास्वपा सांसद् सुमना र सांसद् केसीबीच संसद भवनभित्रै भनाभन भयो ।
सभामुख घिमिरेले संसद्मा राखेको विषय तथ्यमा आधारित हुनुपर्ने बताए । यो विषय तथ्यमा छ वा छैन भन्ने विषयमा स्वयं सांसद जिम्मेवार हुने बताए । कुरा उठाउनेबित्तिकै हटाउने नभएर तथ्य नरहेको थाहा लागेपछि हटाउन सकिने उनले बताए ।
‘मान्य सदस्यहरूले आफ्नो समयमा आफूले राखेका कुराहरू प्रमाणित हुने गरी राख्नुभएको हामीले बुझेका छौं । यस्ता कुरा लाञ्छना हो वा झुटो हो,’ उनले भने, ‘यहाँ वादविवाद गरेर जाने होइन प्रक्रियागत हिसाबले लाग्नुपर्छ । आफू उत्तरदायी भएर बोल्नुहुनेछ भन्ने हाम्रो बुझाइ छ ।’ सदनमा भनाभन भएपछि सभामुख घिमिरेले संसद्मा तथ्यपरक विचार राख्न ध्यानाकर्षण गराए ।