
प्रतीकात्मक तस्बिर ।
जनकपुर, फागुन २८ :
मधेस सरकारको गृहमन्त्री राजकुमार लेखीको सुरक्षामा खटिरहेका प्रहरी सहायक निरीक्षक (असई) वीरेन्द्रकुमार यादवको मृत्यु भएको छ ।
यादवको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आइतबार राति ११ बजेको समयमा अचानक पेट र छाती दुखेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो ।
नोबेल अस्पतालमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको वरिष्ठ प्रहरी उपरीक्षक शान्तिराज कोइरालले जानकारी दिए ।