बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

युद्ध अन्त्य गर्न युक्रेन सकारात्मक : अमेरिकी अधिकारीसँग मंगलबार वार्ता हुँदै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २७ फागुन, २०८१ मा प्रकाशित
युद्ध अन्त्य गर्न युक्रेन सकारात्मक : अमेरिकी अधिकारीसँग मंगलबार वार्ता हुँदै
वासिङटन, फागुन २७ :

रूससँगको युद्ध अन्त्यका लागि अमेरिकाले राखेको मागप्रति युक्रेन सकारात्मक देखिएको छ। अमेरिकी विदेश विभागका एक वरिष्ठ अधिकारीले यस्तो बताएका हुन् ।

रुससँग तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि युक्रेन र अमेरिकी अधिकारीहरूबीच मंगलबार साउदी अरबमा महत्त्वपूर्ण वार्ता हुँदैछ । युक्रेनी राष्ट्रपति भ्लोदिमर जेलेन्स्की भने सोमबार नै साउदी अरब पुग्दैछन् ।

यसअघि वार्ताका लागि अमेरिका पुगेका जेलेन्स्कीको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भेन्ससँग चर्काचर्की परेको थियो । ह्वाइ हाउसको ओभल अफिसमा भएको चर्काचर्कीपछि दुई देशबीच हुने भनिएको खनिज सम्झौता हुन सकेको थिएन । 

त्यसयता राष्ट्रपति ट्रम्पले युक्रेनमाथि दबाब बढाउँदै गएका छन् ।  तर, जेलेन्स्कीले भनेजस्तो युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि भने ट्रम्प तयार भएका छैनन् । युक्रेनलाई दबाब दिनकै लागि ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्यलगायत सहायता रोक्का गरिसकेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार