बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

आफ्ना नागरिकलाई भारत–पाकिस्तानका सीमा क्षेत्रमा यात्रा नगर्न अमेरिकाको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ फागुन, २०८१ मा प्रकाशित
आफ्ना नागरिकलाई भारत–पाकिस्तानका सीमा क्षेत्रमा यात्रा नगर्न अमेरिकाको आग्रह
न्यूयोर्क, फागुन २६ :

अमेरिकाले आफ्ना नागरिकका लागि एक ट्राभल एडभाइजरी जारी गर्दै भारत–पाकिस्तान सीमा र लाइन अफ कन्ट्रोल आसपास यात्रा नगर्न आग्रह गरेको छ। अमेरिकाले विशेष गरी पाकिस्तानका बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तहरूमा यात्रा नगर्न भनिएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार, यो एडभाइजरी आतंकवाद र सशस्त्र संघर्षको जोखिमका कारण जारी गरिएको हो। एडभाइजरीमा भनिएको छ कि ‘हिंस्रक चरमपन्थी समूहहरू पाकिस्तानमा आक्रमण गर्दैछन् र बलुचिस्तान र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमणहरू लगातार भइरहेको छ।’

आतंकवादी र चरमपन्थी समूहहरूले बजार, शपिङ मल, सैन्य प्रतिष्ठान, विमानस्थल, धार्मिक स्थल र सरकारी संरचनाहरूलाई निशाना बनाइरहेका छन्। अमेरिकी सरकारका अनुसार, स्थानीय सैन्य र प्रहरी प्रशासन पनि यी क्षेत्रहरूमा सुरक्षित छैनन्। यसकारण अमेरिकाले आफ्ना नागरिकलाई यी क्षेत्रहरूको यात्रा नगर्न र सतर्क रहन सल्लाह दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार