शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति मधेस प्रदेश

केही राजावादी जनतामा व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गर्दै छन् : महासचिव गुरुङ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
केही राजावादी जनतामा व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गर्दै छन् : महासचिव गुरुङ
फाइल फोटो ।
सिरहा, फागुन २५ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउनु सबै राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । साथै यो व्यवस्थालाई अझ सुदृढ बनाउनु पनि उनीहरुको दायित्व भएको उनले बताए ।

लहानमा शनिबार भएको पत्रकार भेटघाटमा उनले जनतालाई लोकतान्त्रिक व्यवस्थाप्रति जनतालाई आशावादी बनाउन नसक्दा केही राजावादीले जनबलमा स्थापित वर्तमान व्यवस्थाप्रति वितृष्णा पैदा गर्ने दुष्प्रयास गरेका टिप्पणी गरे ।

‘नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट लोकतान्त्रिक व्यवस्था स्थापित गरेका हुन्,’ उनले भने, ‘सुशासन, सामाजिक न्याय र समृद्धिमार्फत जनतालाई या व्यवस्थाप्रैति आशावादी बनाएर यसलाई अझ मजबुत बनाउनुपर्छ ।’ महासचिव गुरुङले हुलाकी मार्ग केन्द्रित ‘जनतासँग माओवादी तराई–मधेस जनजागरण अभियान’ बाट  मधेसका जनतामा  जागरण आएको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार