बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
खेलकुद क्रिकेट

यस्तो बन्यो क्यानको वार्षिक क्यालेन्डर [खेल तालिका]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २५ फागुन, २०८१ मा प्रकाशित
यस्तो बन्यो क्यानको वार्षिक क्यालेन्डर [खेल तालिका]
काठमाडाैं, फागुन २५ :

नेपाल क्रिकेट संघ (क्यान) ले वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । क्यानले काठमाडौंमा शनिबार पत्रकार सम्मेलनमार्फत सन् २०२५ मा नेपाली राष्ट्रिय पुरुष र महिलाका साथै उमेर समूहमा हुने खेल गतिविधिको समयतालिकासहित वार्षिक क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यानका सचिव पारस खड्काका अनुसार यो वर्ष नेपालको ध्यान विश्वकप छनोटका निम्ति केन्द्रित हुनेछ । क्यालेन्डरमा नेपाली पुरुष तथा महिला क्रिकेट टोलीले खेल्ने प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता, शृंखला तथा घरेलु प्रतियोगिताहरू समेटिएका छन् । यस्तै क्यालेन्डरमा महिला राष्ट्रिय टोली र विभिन्न उमेर समूहका टोलीहरूका लागि पनि अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताहरू समावेश गरिएका छन् ।

नेपाली टोलीले अप्रिलमा हङकङ सिरिज, मेमा यूके भ्रमण गर्दै जुनमा आईसीसी विश्वकप लिग-२ खेल्नेछ । यस्तै ट्वेन्टी-ट्वेन्टी विश्वकप छनोटको तयारी श्रीलंकामा हुनेछ । आउँदो अक्टोबरमा नेपालले ओमानमा विश्वकप छनोट खेल्नेछ । नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ खेल्नेछ ।

सचिव खड्काका अनुसार महिला क्रिकेट टोलीले अप्रिलमा भुटानसँग ट्वेन्टी-ट्वेन्टी सिरिज खेल्नेछ । यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण नोभेम्बरमा हुनेछ ।

प्रधानमन्त्री कप क्रिकेट भने मार्चमा हुने समयतालिका छ ।  साथै, क्यानले केही दिनभित्र नेपाली पुरुष राष्ट्रिय टोलीका लागि नयाँ प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको सचिव खड्काले जनाए ।

यस्तो छ क्यालेन्डर :

May be a graphic of map, blueprint and text

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार