बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

मौसमनजन्य विपद्मा परी एक सय ३९ जनाको मृत्यु

· शुक्रबार, १२ साउन, २०८१ मा प्रकाशित
मौसमनजन्य विपद्मा परी एक सय ३९ जनाको मृत्यु

काठमाडौँ,साउन ११:  मौसमजन्य विपद्मा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार