
राष्ट्रिय सभा बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ ।
बैठकमा विभिन्न पाँच अध्यादेश स्वीकृतिका लागि पेस गर्ने कार्यसूची छ ।
बैठकमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
यी अध्यादेश हिजो (बुधबार) प्रतिनिधिसभाबाट पारित भइसकेका छन् । भूमिसम्बन्धी अध्यादेशबारे दलहरुबीच अझै सहमति जुट्न सकेको छैन ।
राष्ट्रिय सभामा आज प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आव ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलसँग प्रश्नोत्तरको कार्यसूची पनि छ ।
हेर्नुहोस् लाइभ :