शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार स्वास्थ्य

वीरगञ्ज- पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले औषधि उत्पादन गर्ने 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ फागुन, २०८१ मा प्रकाशित
वीरगञ्ज- पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले औषधि उत्पादन गर्ने 
पर्सा, फागुन २३ :

वीरगञ्ज- पलथैया औद्योगिक कोरिडोरमा सञ्चालित म्याग्नस फर्माले मौजुदा उद्योगमा एक अर्ब लगानी बढाएर ‘इन्जेक्टेबल’ औषधि पनि उत्पादन गर्ने भएको छ । 

कम्पनीले ‘भाइल’ तथा ‘ड्रप’ हरु उत्पादन गर्न आवश्यक उपकरण जडान एवं परीक्षण गरिरहेको तथा आगामी वैशाखदेखि पूर्ण क्षमतामा नयाँ औषधि बनाइने फर्माका प्रबन्ध निर्देशक सुधिरप्रकाश मास्केले बताए । उद्योगमा थपिएको नयाँ ‘इन्जेक्टेबल प्लान्ट’बाट औषधिका भाइल र एम्पुलको उत्पादनका साथसाथै आँखा, नाक र कानमा प्रयोग हुने ड्रप पनि बनाउने उनले बताए ।

कम्पनीले एक सय भन्दा धेरै औषधि उत्पादन गर्न सक्ने प्लान्ट स्थापना गरे पनि हालसम्म २० प्रकारका औषधि उत्पादनको अनुमति पाएकाे उनले जानकारी दिए ।

कम्पनीमा हाल तीन सय ५० भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।  गत आर्थिक वर्षमा एक अर्ब २६ करोड मूल्य बराबरको कारोबार गरेको कम्पनीको चालु आवमा एक अर्ब ४० करोडको कारोबार गर्ने लक्ष्य लिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार