शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

प्रतिनिधिसभाबाट पाँच अध्यादेश पारित , राष्ट्रिय सभामा भोलि पेस हुने

भूमि अध्यादेश होल्डमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ फागुन, २०८१ मा प्रकाशित
प्रतिनिधिसभाबाट पाँच अध्यादेश पारित , राष्ट्रिय सभामा भोलि पेस हुने
काठमाडौं, फागुन २२ :

प्रतिनिधिसभाबाट ५ वटा अध्यादेश पारित भएको छ । प्रधानमन्त्री केपी ओली सरकारले ल्याएको भूमिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशबाहेक अरु पाँचवटा अध्यादेशलाई बहुमतले पारित गरेको हो ।  बुधबार बसेको प्रतिनिधिसभाको बैठकले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेशलाई होल्डमा राखेर ती अध्यादेशरूलाई  पारित गरेको हो ।

प्रतिनिधिसभाले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवासम्बन्धी अध्यादेश, आर्थिक कार्यविधि तथा उत्तरदायित्व अध्यादेश, निजीकरण अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि अध्यादेश र सहकारीसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश पारित गरेको हो । 

अब ती अध्यादेशहरू राष्ट्रियसभाले पारित गर्नुपर्नेछ । जसपा नेपालको सहयोगमा ती अध्यादेशरू पारित गर्ने तयारी छ । सरकारले भोलिको बैठकमा पेस गर्ने कार्यसूची रहेको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार