बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

हुम्लाको चङ्खेलीमा जीप दुर्घटना, ५ जना घाइते

· बुधबार, ६ भदौ, २०८१ मा प्रकाशित
accident-nepali
हुम्ला, भदौ ६ :

हुम्लाको चङ्खेली गाउँपालिकामा बुधबार बिहान बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको जिप चङ्खेली- २ गर्खाबाट देउली बजारतर्फ गइरहेको मुगु सडकको गौरी सल्लामा दुर्घटना भएको हो । 

चालकसहित सात जना सवार जिपमा पाँच जना गम्भीर घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा चङ्खेली गाउँपालिकाका ३५ वर्षीय सुरेन्द्र शाही, ५० वर्षीय तिलबहादुर शाही, १५ वर्षीय रविन शाही र मुगुको छायाँनाथ नगरपालिका- १३ का ४० वर्षीय पृथ्वी रावत र रमेश मल्लको अवस्था गम्भीर रहेको उहाँले बताउनुभयो।

बाजुरा बुढीनन्दा नगरपालिका- ४ का सावरी चालक महेन्द्र विक्रम शाह र चङ्खेली- २ का मायादेवी शाही सामान्य घाइते भएका छन् । घाइतेहरुलाई उद्वार गरी स्थानिय स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार