बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

कैलालीको मोहना र सहायक नदीहरुमा पानीको सतह बढ्यो, केही घर डुबानमा

· बुधबार, ६ भदौ, २०८१ मा प्रकाशित
कैलालीको मोहना र सहायक नदीहरुमा पानीको सतह बढ्यो, केही घर डुबानमा
कैलाली, भदौ ६ :

कैलालीमा भारी वर्षाका कारण मोहना र सहायक नदीहरुमा पानीको सतह बढेको छ । 

निरन्तर भइरहेको वर्षाका कारण नदीहरुमा पानीको सतह सतर्कता तह नजिक पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नदीहरुमा पानीको सतह बढेपछि तल्लो तटीय क्षेत्रका होचा भूभागमा रहेका बस्तीमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा मापन भएको विभागले जनाएको छ । बाढी आएपछि केही क्षेत्रमा डुबान भएको छ ।

गौरीगंगा नगरपालिका- ७, ९ स्थित महदेवा, कम्दा, भगवानपुर, शङ्करपुर र घोडाघोडी नगरपालिका- ९ मा केही घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार