
फाइल तस्बिर।
काठमाडौं, फागुन २१ :
अमेरिकाले अवैधरुपमा बसोबास गरेका १० नेपालीलाई चार्टर विमानमार्फत बुधबार फर्काउँदै छ । आधिकारिक कागजात नभएका उनीहरु बुधबार(भोलि) बिहान काठमाडौं आइपुग्नेछन् ।
अमेरिकी वायुसेवा कम्पनीको ग्रिफोन एयरको सानो विमान बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । यसअघि गत मंसिर ३० मा पनि अमेरिकाले चार्टर विमानमार्फत ८ जना जनालाई नेपाली पठाएको थियो ।
अमेरिकाले त्यहाँ अवैध रुपमा बसोबास गरेका ठुलो संख्याका भारतीय नागरिकलाई पनि केही हप्ताअघि चार्टर विमान मार्फत सम्बन्धित प्रदेशमा पुर्याएको थियो ।डोनाल्ड ट्रम्प दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकाले अवैध आप्रवासी निष्कासनलाई तीव्रता दिएको छ ।