बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार अर्थतन्त्र

महसुल नबुझाएपछि विद्युत् लाइन काटेर बक्यौता सङ्कलन 

· बुधबार, ६ भदौ, २०८१ मा प्रकाशित
महसुल नबुझाएपछि विद्युत् लाइन काटेर बक्यौता सङ्कलन 
तनहुँ, भदौ ६ :

बिजुलीको लाइन काटेपछि तनहुँमा उपभोक्ताले धमाधम विद्युत् महसुल बुझाउन थालेका छन् । 

नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले लाइन काटेर दुई करोड ५० लाखभन्दा बढी बक्यौता सङ्कलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८०- ८१ मा लाइन काटेर दुई करोड ६८ लाख ४५ हजार सात सय बक्यौता सङ्कलन गरेको हो । 

केन्द्रका प्रमुख विजय रेग्मीले एक हजार चार सय ३६ जना ग्राहकको लाइन काटिएकोमा एक हजार दुई सय ७३ ग्राहकले बक्यौता वापतको रकम बुझाएको जानकारी दिनुभयो ।

विद्युत् चुहावट नियन्त्रणका लागि केन्द्रले नचलेका मिटर निःशुल्क बदली, नाङ्गो तार हटाइ केबल विस्तार, कन्डक्टर साइज स्तरोन्नति, ट्रान्सफर्मर लोड सेन्टर थप लगायत काम गरेको पनि प्रमुख रेग्मीले बताउनुभयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार