शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

पत्रकार मोहिनी मिश्रको निधन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २० फागुन, २०८१ मा प्रकाशित
पत्रकार मोहिनी मिश्रको निधन
काठमाडौँ, फागुन २० :

राष्ट्रिय समाचार समिति (रासस) का पूर्ववरिष्ठ सम्पादक मोहिनी मिश्रको ५६ वर्षको उमेरमा निधन भएको छ ।

ललितपुर महानगरपालिका वडा १८ की मिश्रको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज (सोमबार) बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

मिश्र विगत दुई वर्षदेखि पेटसम्बन्धी रोगबाट पीडित थिइन् । उनका एक छोरा छन् । नेपाल प्रेस युनियन रासस शाखाको पूर्वअध्यक्ष र नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखामा पूर्ववरिष्ठ उपाध्यक्ष समेत रहेकी मिश्रले स्वास्थ्यका कारण सेवाबाट स्वेच्छिक अवकाश  लिएकी थिइन् ।

उनले राससमा दुई दशकभन्दा बढी सेवा गरिन् । मिश्रको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार