
काठमाडौं, फागुन १९ :
इजरायलले आफ्नो युद्धविरामको अवधि ४२ दिन थप गरेको घोषणा गरेको छ । यो निर्णय युद्धविरामको पहिलो चरण समाप्त भएको दिनपछि गरिएको हो ।
सन् २०२५ को जनवरी १९ देखि सुरु भएको युद्धविरामको पहिलो चरण १ मार्च शनिबारको मध्यराति समाप्त भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत, स्टिभ विटकोफको प्रस्तावमा इजरायलका प्रधानमन्त्री नेतन्याहूले सहमति जनाएका हुन् ।
युद्धविरामको अवधि रमजानलगायता महत्त्वपूर्ण चाडपर्वलाई ध्यानमा राखेर थपिएको जानकारी प्राप्त भएको छ । यसबीचा दोस्रो चरणको युद्धविरामको विषयमा थप छलफल हुने बताइएको छ ।
बन्धकहरु मुक्त गर्ने क्रम नसकिएको हुँदा दोस्रो चरणको युद्धविराम गर्नुपर्ने पक्षमा हमास पनि देखिएको छ । सम्झौताबमोजिम बन्दीहरु रिहा नभएको भन्दै दुवैले एक-अर्कालाई आरोप लगाउँदै आएका छन् ।