बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना #कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो#नेपाल बार एसोसिएसन#अध्यक्ष प्राडा. विजयप्रसाद मिश्र#मन्त्री सोविता गौतम#मेलमिलापकर्ता#न्यायाधीश#दुर्घटना
समाचार शिक्षा

‘काठमाडौं विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १८ फागुन, २०८१ मा प्रकाशित
‘काठमाडौं विश्वविद्यालयमा विदेशी विश्वविद्यालयबाट सेमेष्टर प्रणालीको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने’
काठमाडाैं, फागुन १८ :

काठमाडौँ विश्वविद्यालयमा विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीले सम्बन्धित तहमा सेमेष्टर उत्तीर्ण गरेको प्रमाणपत्रका आधारमा बाँकी रहेको सेमेष्टरको ‘क्रेडिट ट्रान्सफर’ गर्न मिल्ने व्यवस्था गरिने भएको छ ।

विदेशका विश्वविद्यालयमा विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थीहरूबीचको छलफलपछि यस्तो निष्कर्षमा पुगिएको विश्वविद्यालयका कार्यवाहक उपकुलपति अच्युत वाग्लेले जानकारी दिनुभयो । शुक्रबारसमेत यस विषयमा छलफल हुँदा विभिन्न विश्वविद्यालयमा एउटा सेमेष्टरमा कोर्ष पूरा गरेको प्रमाणित भएमा यहाँ बाँकी सेमेष्टर अध्ययन गर्न सहज हुने जानकारी गराइएको बताए ।

उपकुलपति वाग्लेले ओडिसास्थित केआईआईटी विश्वविद्यालयसँग काठमाडौँ विश्वविद्यालयको औपचारिक सम्झौता नभए पनि अहिलेको समस्या समाधानका लागि कूटनीतिदेखि प्राज्ञिक छलफलका माध्यमबाट सहजीकरणका लागि पहल गरिनुपर्ने बताए । ‘कोर्ष ट्रान्सफर गरेर अध्ययन गर्न र परीक्षा दिन चाहनेलाई सहज हुने गरी शुल्क व्यवस्थापन हुनेछ, हरेक विद्यार्थीको समस्यालाई पहिचान गरेर समाधानको गर्न प्रयत्न गर्छौं, उनले भने ।

विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका सहडिन श्यामसुन्दर खड्काले विभिन्न विश्वविद्यालयमा कोर्ष अध्ययन पूरा गरेकाले परीक्षा दिन पाउने सहज व्यवस्था भएको बताउँदै नीतिगत कुरामा सहजीकरण गर्न सकिने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार