बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको निधनमा दुःख व्यक्त

· मंगलबार, ५ भदौ, २०८१ मा प्रकाशित
काठमाडौँ, भदौ ५ :

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष एवं माओवादी कर्णाली प्रदेश समिति सचिवालय सदस्य चन्द्रसिंह कार्कीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । 

अध्यक्ष दाहालले दिवङ्गत कार्की प्रति श्रद्धाञ्जली र जीवन सङ्गीनी एवं कर्णाली प्रदेशसभा सदस्य जुम्कीत लामासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

सुर्खेतबाट नेपालगञ्जतर्फ गइरहेका बेला भेरीगङ्गा नगरपालिका- ५ स्थित एमाले मोडमा सवारी दुर्घटनामा परी घाइते हुनुभएका कार्कीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा गए राति निधन भएको हो । 

अध्यक्ष दाहालले उक्त दुर्घटनामा घाइते भई उपचाररत हुम्ला ताजाकोट गाउँपालिका अध्यक्ष एवं पार्टीका कर्णाली प्रदेश समिति सहसचिव लालकेश जैशी लगायत सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार