काठमाडौं, फागुन १७ :

राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं जिल्लाका अधिवेशन भएका वडा समितिका निर्वाचित पदाधिकारी एवं सदस्यहरूले शपथ ग्रहण गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुक्रबार भएको कार्यक्रममा काठमाडौंका ४१ वडाका २९५ निर्वाचित पदाधिकारी एवं सदस्यहरूले समूहिक शपथ लिएका हुन् ।

उनीहरूलाई काठमाडौं जिल्ला सभापति प्रदीप विष्टले सामूहिक शपथ गराए । कार्यक्रममा कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्यालले निर्वाचित सबै पदाधिकारी तथा सदस्यलाई इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।