शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कर्पोरेट

नेपालमा लगानी गर्न इजरायका राजदूतसँग महासंघका अध्यक्षको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
नेपालमा लगानी गर्न इजरायका राजदूतसँग महासंघका अध्यक्षको आग्रह
काठमाडौं, फागुन १६ :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले इजरायका राजदूतमार्फत नेपालमा लगानी गर्न इजरायली लगानीकर्तालाई आग्रह गरेका छन् ।

नेपालमा लागी इजरायली राजदूत श्मुलिक आरी बाससँग बिहीबार महासंघ सचिवालय टेकु काठमाडौंमा भएको भेटवार्ताका अवसरमा अध्यक्ष ढकालले यस्तो आग्रह गरेका हुन् । भेटका अवसरमा दुई देशबीच आपसी सम्बन्ध सुधार, आर्थिक विकास तथा व्यापार प्रवर्द्धनका विषयमा छलफल भएको थियो ।

नेपालको कृषि क्षेत्रको विकास एवं नेपाली युवाहरुलाई रोजगारी प्रदान गर्ने विषयमा इजरायले लामो समयदेखि सहयोग गर्दै आएको उल्लेख गर्दै अध्यक्ष  ढकालले यो सम्बन्धलाई थप प्रभावकारी बनाउने गरि सहकार्य गर्न राजदूत बाससमक्ष आग्रह गरे । 

‘नेपालको कृषि, पर्यटन ऊर्जा तथा सूचना प्रविधि क्षेत्रमा लगानीमा प्रशस्त सम्भावना छन् । उद्योग र व्यापारमा भएका यी सम्भावनाबाट दुवै देशले फाइदा लिन सक्छन् । तसर्थ म इजरायली लगानीकर्तालाई राजदूतमार्फत नेपालमा लगानीका लागि आग्रह गर्छु,’ उनले भने ।

इजरायली राजदूत श्मुलिक आरी बासले नेपाल र इजरायबीच लामो सम्बन्ध रही आएको चर्चा गर्दै आफ्नो कार्यकालमा नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे । ‘इजरायल नेपालको पुरानो मित्र हो । हामीले विभिन्न क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आइरहेका छौं । खासगरी साना किसान सहकारीमार्फत नेपालीहरुलाई इजरायलमा विभिन्न अवसर प्रदान गरिएको छ । यसबाट नेपाली किसानहरुले फाइदा लिएका छन्,’ उनले भने ।

राजदूत बासले महासंघसँग सहकार्यका लागि आफू सधैं सकारात्मक रहेको उल्लेख गर्दै आउने दिनमा आससी सहकार्यलाई थप प्रभावकारी बनाइने धारणा राखे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार