शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कर्पोरेट

नेपाल लाइफको ‘छुट्ला है छुट’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
नेपाल लाइफको ‘छुट्ला है छुट’
काठमाडौं, फागुन १६ :

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘छुट्ला है, छुट’ योजना सार्वजनिक गरेको छ ।

यो योजनाअन्तर्गत यस कम्पनीका बिमितहरुले भुक्तानी गर्नुपर्ने नवीकरण बिमाशुल्क भुक्तानी नगरी १८० दिनभन्दा माथि व्यतित भएका बिमालेखहरुमा मिति २०८१ फागुन १५  देखि २०८२ जेठ १३ गतेसम्म नवीकरण बिमाशुल्क भुक्तानी गरी नियमित गरेमा बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कम्पनी २५औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरिएको बताए । उनले बिमितहरूको हितलाई मध्यनजर गर्दै यो विशेष योजना एकपटकका लागि सार्वजनिक गरिएको र व्यतित भएका बिमालेखहरु समयमै  नवीकरण बिमाशुल्क भुक्तानी गरी बिमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरेका छन् ।

साथसाथै बिमालेखलाई निरन्तरता प्रदान गर्दै जोखिम हस्तान्तरण गरी ढुक्कका साथ जीवनयापन गर्न आग्रह गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार