शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

विमानस्थलबाट पौने ४ किलो सुनसहित विदेशी नागरिक पक्राउ

उनीहरु विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिरिएका थिए
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ फागुन, २०८१ मा प्रकाशित
विमानस्थलबाट पौने ४ किलो सुनसहित विदेशी नागरिक पक्राउ
काठमाडौं, फागुन १६ :

प्रहरीले करिब ४ किलो सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४ जनालाई पक्राउ गरेको छ। फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट आएका उनीहरुको साथबाट प्रहरीले सुन बरामद गरेको हो । 

विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिरिएपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  टर्मिनल गेटमा पुगेपछि मात्रै शंका लागेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । बुधबार राति पौन ९ बजेतिर पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले ३ किलो ७४५ ग्रााम सुन बरामद गरेको छ ।

पक्राउ पर्नेमा एक पुरुष र तीन महिला रहेका छन् । उनीहरु उज्बेकिस्तानका नागरिक भएको बुझिएको छ । विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले उनीहरुमाथि अनसुन्धान भइरहेको जानकारी दिए ।

केही महिनाअघि विमानस्थलबाट ३३ किलो सुन बाहिरिएको थियो । एयरपोर्टबाट निस्केर टयाक्सीमा चढेपछिमात्र प्रहरीले सुन बोक्ने केहीलाई नियन्त्रणमा लिएको थियो । सेटिङको आधारमा विमानस्थलबाट दैनिक जसो सुन बाहिरिने र कुरा नमिलेपछि मात्र पक्राउ गर्ने भनेर बाहिर चर्चा हुने गरेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार