शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार बागमती प्रदेश

मकवानपुरमा कार र बस ठोक्किँदा दुलहा-दुलहीसहित ५ जना घाइते

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १५ फागुन, २०८१ मा प्रकाशित
मकवानपुरमा कार र बस ठोक्किँदा दुलहा-दुलहीसहित ५ जना घाइते
मकवानपुर, फागुन १५ :

मकवानपुरको मनहरी गाउँपालिका-६ सुनाचुरीमा बस र कार ठोक्किँदा बेहुला र बेहुलीसहित पाँच जना घाइते भएका छन् ।

विराटनगरमा विवाह गरेर काभ्रेतर्फ बेहुली लिएर फर्कने क्रममा बिएबी ११४७ नम्बरको कार र काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०१—००६ ख ५७७३ नम्वरको बस बुधबार बिहान  सुनाचुरीमा आपसमा ठोक्किँदा कारमा सवार बेहुलाबेहुलीसहित ५ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा काभ्रे पनौती नगरपालिका—१० का २८ वर्षीय बेहुला यसबराज अधिकारी, बेहुली २२ वर्षीया श्रद्धा दाहाल, २३ वर्षीया पुष्पा अधिकारी, २३ वर्षीय त्रिशु थापा र चालक यतिराज अधिकारी रहेका छन् । प्रहरीका अनुसार घाइतेहरु खतरामुक्त रहेका छन् ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार