शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कर्पोरेट

बीवाईडीले हाई-टेक विक-२०२५ गर्ने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
बीवाईडीले हाई-टेक विक-२०२५ गर्ने
काठमाडौं, फागुन १४ :

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी हाई-टेक विक २०२५ गर्ने घोषणा गरेको छ ।

कम्पनीका अनुसार कार्यक्रम इलेक्ट्रिक मोबिलिटी र अत्याधुनिक प्रविधिलाई मानिसहरूले कसरी अनुभव गर्छन् भन्ने कुरामा क्रान्तिकारी परिवर्तन ल्याउने नेपालकै पहिलो इभेन्ट हुनेछ ।

द एभरेस्ट होटेलमा फागुन १५ देखि १८ गतेसम्म आयोजना हुने सो इभेन्ट न्यु इनर्जी भेइकल्स (एनइभिज) र सस्टेनेबल इनोभेसनसँग साक्षात्कार हुने एक महत्त्वपूर्ण अवसर हुने कम्पनीले जनाएको छ । यो इभेन्टले ईभी टेक्नोलोजी, एआई इन्टिग्रेसन र न्यु इनर्जी सोलुसनलाई एउटै छानामुनि ल्याउनेछ ।

इभेन्ट औद्योगिक व्यवसायी, ईभी प्रयोगकर्ता, प्रविधि उत्साही र सामान्य व्यक्ति सबैका लागि पुग्नैपर्ने स्थल हुने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यो इभेन्टमा बीवाईडीको ब्लेड ब्याट्री टेक्नोलोजी, डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम, ई-प्लेटफर्म ३.०, ड्युअल मोड अफरोड (डीएमओ), एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), इन-कार एआई इनोभेसन लगायतका अत्याधुनिक प्रविधिबारे जानकारी लिन सकिनेछ ।

कम्पनीका अनुसार इभेन्टमा नेक्स्ट-जेन भेइकल सोकेस, लाइभ डेमो, एक्सपर्ट टक र प्यानल डिस्कसन, विशेष प्रोडक्ट सार्वजनिक र पारिवारिक क्रियाकलाप हुनेछन् । यो इभेन्टले जनचेतना प्रदान गर्ने, इनोभेसनलाई बढावा दिने र नेपालको मोबिलिटी भविष्यलाई अझै तीव्रता दिने लक्ष्य राखेको जनाइएको छ ।

अटोमोटिभ उत्साही, प्रविधि अन्वेषक र ग्रिन इनर्जी एड्भोकेटलगायत सबैका लागि यो इभेन्टले एक अनुपम अवसर प्रदान गर्नेछ । जहाँ मोबिलिटीको भविष्यबारे अध्ययन अन्वेषण गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार