बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कोसी प्रदेश स्वास्थ्य

भोजपुरको लुङ्थुङमा स्वास्थ्य इकाई स्थापना भएपछि स्थानीय खुसी 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १४ फागुन, २०८१ मा प्रकाशित
भोजपुरको लुङ्थुङमा स्वास्थ्य इकाई  स्थापना भएपछि स्थानीय खुसी 
भोजपुर, फागुन १४ :

भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । 

नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्य इकाई स्थापनाले तीन सय घरपरिवार लाभान्वित बनेका छन् । 

लुङ्थुङका नागरिकलाई सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेर सेवा प्रवाह थालिएको हतुवगढी ४ खैराङका अध्यक्ष चन्द्रबहादुर विष्टले जानकारी दिए । 

स्थानीयबासीलाई समान्य स्वास्थ्य सेवा लिनसमेत समस्या भएपछि वडाको पहलमा स्वास्थ्य इकाई स्थापना गरिएको वडाध्यक्ष विष्टले बताए ।

गाउँमा नै स्वास्थ्य इकाई  स्थापना भएपछि स्थानीय खुसी भएका छन् भने स्वास्थ्य इकाई स्थापनाले विरामी  हुँदा सिटामोल तथा जीवनजल लिनको लागि घण्टौँ धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार