महोत्तरी, भदौ ४ :
महोत्तरीको मटिहानीस्थित प्रसिद्ध लक्ष्मीनारायण मठमा परम्परागत रुपमा मनाइने झुलनोत्सव पर्व आज सम्पन्न भएको छ ।
यस वर्ष भदौको तृतीयादेखि पूर्णिमा सम्म मनाइएको सो पर्व गएराति भगवान् रामचन्द्र र माता जानकीलाई लक्ष्मीनारायण मठमा अन्तिम पटक झुला झुलाउँदै आज बिहान सम्पन्न भएको हो ।
तृतीयादेखि पूर्णिमा सम्म चलेको झुलनोत्सवका अवसरमा लक्ष्मीनारायण मठ मटिहानीबाट प्रत्येक दिन कलात्मक पालकीमा बाजागाजाका साथ भगवान् रामसीताको मूर्ति राखी भजनकीर्तन गर्दै झुलाघरमा झुलाइएको थियो ।
महोत्तरीको लक्ष्मीनारायण मठ, जनकपुरधाम, सर्लाही, सिराहा, सप्तरी र भारतको तिरहुत क्षेत्र विहारका विभिन्न मठमन्दिरमा झुला पर्व धुमधामका साथ सम्पन्न भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’