शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

‘एकीकृत समाजवादी नयाँ कार्ययोजनासहित जनतामाझ जाने’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, १३ फागुन, २०८१ मा प्रकाशित
‘एकीकृत समाजवादी नयाँ कार्ययोजनासहित जनतामाझ जाने’
काठमाडौं, फागुन १३ :

नेकपा एकीकृत समाजवादीले जनतामा जाने निर्णय गरेको छ । ओली सरकार नालायक र दमनकारी बनेको भन्दै त्यसविरुद्ध नयाँ कार्ययोजना लिएर जनतामाझ जाने निर्णय गरेको हो ।

शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकका निर्णय सोमबार पत्रकार सम्मेलन गरी सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले भ्रष्टाचारीहरू सरकारबाट संरक्षित भएको र यसले गर्दा मुलुकमा भ्रष्टाचार मौलाएको आरोप लगाए ।

सहकारी ठगी, मिटरबाजी, अनलाइन ठगीले गर्दा गरिब जनताको जीवन कष्टकर हुँदै गएको जनाउँदै नेकपा एसले त्यस्ता भ्रष्ट तथा ठगहरूलाई नियन्त्रणमा लिई अविलम्ब कडा भन्दा कडा कारबाही गर्न र सम्बन्धित पक्षको पैसा फिर्ता गराउन सरकारसँग माग गरेको छ ।

मुलुकमा रोजगारीको अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुने क्रम बढेको भन्दै यसले राष्ट्रिय उत्पादन र अर्थतन्त्रको विकासमा नकारात्मक प्रभाव पारेको जनाइएको छ ।

पार्टीले राष्ट्रिय अर्थतन्त्रलाई दिगो, रोजगारमुखी बनाउने दिशामा कदम लिन सरकारसँग माग गरेको छ । समाजवादीले सरकारले जारी गरेको अध्यादेश जनताको हितमा नभएको पनि ठहर गरेको छ। सरकारले ल्याएका ६ वटै अध्यादेश संविधान, ऐन–कानून, संसद नियमावली र स्थापित अभ्यासको समेत उल्लङ्घन गरेको  केन्द्रीय कमिटी बैठकले ठहर गरेको जनाउँदै त्यसको विपक्षमा मत जाहेर गर्ने महासचिव भुसालले जानकारी दिए।

त्यस्तै एकीकृत समाजवादीले केआईआईटीमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको रहस्यमय मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ। फागुन ९ र १० गते चलेको केन्द्रीय कमिटिको बैठकले गरेका अन्य निर्णय यस्तो छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार