काठमाडौं, फागुन १३ :

कुमारी क्यापिटल लिमिटेडले आफ्नो कुमारी क्यापिटल नाम गरेको मोबाइल एप सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउनेछ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् ।

एसआईपी अब झन् सजिलो
कुमारी क्यापिटल मोबाइल एपको माध्यमबाट क्क्ष्ए व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुनेछ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ । एपका प्रमुख विशेषतामा कुनै पनि समय, कहीँबाट पनि एसआईपी सुरु, ट्र्याक र व्यवस्थापन गर्न सकिने, डिम्याट खाता हेर्न र व्यवस्थापन गर्न सहज बनाउन सकिने, साधारण सेयरको आवेदन दिँदा झन्झटविनाको अनुभव हुने र आधुनिक प्रविधि, सहज इन्टरफेस र सुरक्षित लगानी हुनेलगायत छन् ।

नेपालमा डिजिटल लगानीको युग
कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा भन्छन्, ‘हामी चाहन्छौँ कि प्रत्येक लगानीकर्ताले सहज रूपमा यस क्यापिटलबाट प्रदान गरिने सेवाहरु स्वदेश तथा विदेशमा रहने हरेक नेपालीको हात-हातमा पुगोस् भन्ने हेतुले नै हामीले मोबाइल एपमार्फत एसआईपी सुरु गर्ने, डिम्याट खाता खोल्ने, लगानी व्यवस्थापन सेवा प्रदान गर्ने, आईपीओमा आवेदन दिनेजस्ता सुविधाहरू अझ सरल बनाएका छौं । जसले गर्दा लगानीकर्ताहरूको यात्रा झन् सहज र व्यवस्थित हुनेछ ।’ यस क्यापिटलले लगानीमैत्री प्रविधिको विकासमा विशेष ध्यान दिँदै आइरहेकोसमेत शर्माले जानकारी गराए ।