शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
कर्पोरेट सेयर बजार बैंक/बीमा

३ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेस्ट बैंक

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ फागुन, २०८१ मा प्रकाशित
३ अर्बको ऋणपत्र निष्कासन गर्दै एभरेस्ट बैंक
काठमाडौं, फागुन १२ :

एभरेस्ट बैंकले फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिएकाइ एक हजार रुपैयाँका दरमा ३० लाख एकाइ ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख एकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।

बाँकी १२ लाख एकाए सर्वसाधारणका लागि खुला हुनेछ । यसमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । बैंकले १० वर्ष अवधिको एभरेस्ट बैंक डिबेन्चर २०९१’ जारी गर्न लागेको हो । यसमा वार्षिक ७.५० ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम लक्ष्मी सनराइज  क्यापिटलले गर्नेछ ।

यो ऋणपत्रमा फागुन २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभए चैत ३ गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ एकाइदेखि अधिकतम १२ लाख एकाइसम्म आवेदन दिन सकिनेछ । यस ऋणपत्रमा सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार