
काठमाडौँ, फागुन ११ :
काठमाडौँकाे सतुंगल क्षेत्रमा आज (शनिबार) पाँच घन्टासम्म विजुली जाने भएको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार बलम्बु वितरण केन्द्रको सतुंगल फिडर अन्तर्गतका क्षेत्रहरूमा शनिबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको हो ।
उक्त फिडर अन्तर्गत पर्ने कन्चन गेट, बेसी गाउँ, बौथली, सतुंगल चोक लगायतका क्षेत्रमा विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ ।
तोकिएको समय अगाडि नै काम सम्पन्न भए त्यसअगाडि नै विद्युत सेवा सुचारु हुने पनि प्राधिकरणले जनाएको छ।