बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार

लागूऔषध सहित चार जना पक्राउ

· आइतबार, ३ भदौ, २०८१ मा प्रकाशित
लागूऔषध सहित चार जना पक्राउ
काठमाडौँ, भदौ ३ :

प्रहरीले विभिन्न ठाउँबाट अवैध लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कञ्चनपुर, भिमदत्त नगरपालिका- ३ भाँसिबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ५ किलोग्राम र नगद १२ हजार ९ सय ३० रूपैयाँ सहित २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको जनाएको छ । 

पक्राउ पर्नेहरूमा सोही नगरपालिका- ६ बस्ने ५३ वर्षीय शिवराज भट्ट र बेदकोट नगरपालिका- ३ बस्ने ३७ वर्षीय सुरेश सुनार रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका- १८ भाटभटेनीस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३३ वर्षीय मोहित दिन बेहना र २४ वर्षीय अर्जुन चमार रहेका छन् । अस्थायी प्रहरी बिट सिद्धार्थ भ्यू र लागू औषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.१ प ८६६८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनिहरुलाई आज सार्वजनिक गरेको हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार