बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार मनाेरञ्जन भिडियो

महजोडी भन्छन्- यूएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेका छैनौं

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ फागुन, २०८१ मा प्रकाशित
महजोडी भन्छन्- यूएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेका छैनौं
काठमाडौं, फागुन ९ :

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (महजोडी) ले  यूएसएडको सहयोग लिएर धर्मविरोधी प्रचार गरेको भनी लगाइएको आरोपको खण्डन गरेका छन् ।  

महजोडीले बिहीबार एक भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा आएका यी सबै कुराहरू भ्रामक र आधारहीन भएको बताएका छन् ।

समाजमा सचेतना फैल्याउने खालका कामहरू गरेको र ती कामहरूका भिडियोहरू पनि भएका कारण सत्यतथ्य जाँच गर्न सकिने भन्दै भ्रमको पछि नलाग्न उनीहरुले अनुरोध गरेका छन् । आफ्ना प्रस्तुतिमा धार्मिक समानता र सहिष्णुताका कुरालाई प्रमोट गरेको जिकिरसमेत उनीहरूले गरेका छन् ।

‘संसारमा राम्रा-नराम्रा दुवै खालका कुराहरू छन्,महजोडीले भनेका छन्, ‘हामीले जहिले पनि राम्रा कुरालाई प्रमोट गरेका छौं ।’ 

कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गर्न आग्रह गर्दै उनीहरुले हितैषीहरूले समेत अविश्वास गर्दा चित्त दुखेको बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार