बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

पाकिस्तानमा बन्दुकधारीद्वारा बसमा सवार ७ जनाको हत्या

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
पाकिस्तानमा बन्दुकधारीद्वारा बसमा सवार ७ जनाको हत्या
इस्लामबाद, फागुन ८ :

पश्चिम पाकिस्तानमा बन्दुकधारी एक समूहले बसमा सवार यात्रुमाथि आक्रमण गरी कम्तीमा सात जनाको हत्या गरेको छ । सशस्त्र समूहले हत्या गर्नुअघि पञ्जाबसँग जोडिएको प्रान्तीय सीमा नजिकै बलुचिस्तान हुँदै राजमार्गमा गुडिरहेको बसको टायरमा पहिला गोली हानी हावा खुस्काइदिएका थिए ।

जब बस रोकियो त्यसपछि बसमा छिरी पञ्जावी समुदायका मानिसहरूलाई पहिचान गरी बसबाट बाहिर निकाली गोली हानी हत्या गरेको एक वरिष्ठ सरकारी अधिकारी सआदत हुसेनले जानकारी दिए ।

उनीहरूलाई लाइनमा उभ्याएर र गोली हानी थियो । उक्त घटनाको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन । अफगानिस्तान र इरानसँग सीमा जोडिएको बलुचिस्तान प्रान्तमा  दशकौंदेखि साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसा भइरहेको छ । सशस्त्र समूहले बसमा यात्रारत ती व्यक्ति अर्कै क्षेत्रको भएको पहिचान गरी गोली हानी हत्या गरेको हुन सक्ने पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाइएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार