शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार खेलकुद फुटबल

चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफाइनलमा

· बुधबार, ८ फागुन, २०८१ मा प्रकाशित
चर्च ब्वाइजलाई हराउँदै धरान फुटबल क्लब सेमिफाइनलमा
धरान, फागुन ८ :

चर्च ब्वाइज यूनाइटेड काठमाडौँलाई २–१ गोलअन्तरले पराजित गर्दै धरान फुटबल क्लब १५औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल लुब्रिकेन्टस इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको खेलमा धरानका लागि दोर्जे तामाङ र विवेक राईले एक÷एक गोल गरे । चर्च ब्वाइजका अनन्त तामाङले एक गोल फर्काए । प्लेयर अफ द म्याच धरान फुटबल क्लबका दोर्जे तामाङ घोषित भए । उनले रु १० हजार प्राप्त गरे ।

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनल युनाइटेड खर्साङ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब काठमाडौँबीच हुने आयोजकले जनाएको छ ।

यही फागुन १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताका विजेताले ट्रफीसहित रु १० लाख र उपविजेताले रु पाँच लाख पुरस्कार पाउनेछन् ।

विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले रु एक लाख,प्रत्येक खेलको प्लेयर अफ द म्याच हुनेले रु १० हजार,उत्कृष्ट गोलरक्षक,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट प्रशिक्षकले जनही रु २० हजार प्राप्त गर्नेछन् ।

साथै सर्वाधिक गोलकर्ताले रु २५ हजार पाउने आयोजक राष्ट्रिय जागृति क्लबका प्रतियोगिता संयोजक अनुरोध थापाले बताउनुभयो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार