बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार विदेश

भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु : अनुसन्धानको माग गर्नेलाई कलेजले धम्क्याउँदै निकाल्यो [भिडियोसहित]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ६ फागुन, २०८१ मा प्रकाशित
भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु : अनुसन्धानको माग गर्नेलाई कलेजले धम्क्याउँदै निकाल्यो [भिडियोसहित]
ओडिसा, फागुन ६ :

भारतको ओडिसामा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्युको घटनापछि न्यायको माग गर्दै प्रदर्शन गरेकाहरुलाई कलेज प्रशासनले दमन गरेको छ।  

बुटवल निवासी लम्साल भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी थिइन्।

शवको गम्भीर अनुसन्धानको माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई उल्टै कलेज प्रशासनले निकालेको जानकारी प्राप्त भएको छ। यस घटनाले ओडिसामा रहेका नेपाली विद्यार्थीहरुमा आक्रोश फैलाएको छ।

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुमना श्रेष्ठले  भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्युबारे बोल्न खोज्दा सभामुखले समय दिएनन् ।

प्रतिनिधिसभाको  सोमबारको बैठक सुरु हुनासाथ सांसद श्रेष्ठले आकस्मिक समय माग गरेकी थिइन् । सभामुख घिमिरेले संसदीय मूल्य मान्यता अनुसार बोल्नका लागि अगाडि नै नाम टिपाउने परिपाटी रहेको स्मरण गराएपछि उनी चुप लागेर बस्न बाध्य भइन् ।

सांसद श्रेष्ठको सचिवालयका अनुसार उनले भारतमा नेपाली विद्यार्थीको शंकास्पद मृत्यु प्रकरण र कलेज प्रशासनले नेपाली विद्यार्थीलाई निकालेकोबारेमा संसदको ध्यानाकर्षण गराउन चाहेकी थिइन् ।

र यो पनि…

प्रकृति लम्साल मृत्यु प्रकरण : अनेरास्ववियुद्वारा भारतीय दूतावासअगाडि प्रदर्शन

नेपाली दूतावासले भन्यो - भारत सरकारसँग सम्पर्क भइरहेको छ

भिडियो  : ओटीभी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार