ताप्लेजुङ, फागुन ६ :

ताप्लेजुङमा बाक्लो हुस्सुसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । सदरमुकाम फुङ्लिङसहित विभिन्न स्थानमा चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

बिहानदेखि बेलुकासम्म बाक्लो हुस्सु लागिरहेकाले स्थानीय बासिन्दालाई दैनिकी सञ्चालन गर्न कठिनाइ भएको छ । विशेषगरी वृद्धवृद्धा र बालबालिका चिसोबाट बढी प्रभावित भएका छन् । बाक्लो हुस्सुका कारण घाम नलाग्दा चिसो झन् बढेको छ ।

चिसो बढेसँगै फुङ्लिङ बजारमा चहलपहल पातलिएको छ । व्यापारीहरूका अनुसार पछिल्लो केही दिनयता ग्राहकको संख्या घटेको छ ।

हुस्सुका कारण हिउँदे बाली प्रभावित हुने चिन्ता किसानलाई थपिएको छ । पानी नपरेकाले खेतीमा समस्या भइरहेका बेला बाक्लो हुस्सुले थप असर गर्ने देखिएको छ । 
यदि यही अवस्था रहिरहेमा स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत ठूलो असर पर्ने देखिन्छ ।
विस्तृत भिडियोमा :