बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ४ फागुन, २०८१ मा प्रकाशित
लेबनानमा नेपाली शान्ति सेनामाथि आक्रमण गर्ने २५ जना पक्राउ
फाइल फोटो ।
बेरुत, फागुन ४ :

लेबनानी अधिकारीहरूले शनिबार संयुक्त राष्ट्र सङ्घको काफिलेमा आक्रमण गरेको आरोपमा २५ जनाभन्दा बढी व्यक्तिलाई गिरफ्तार गरिएको जनाएको छ । उक्त आक्रमणमा बलको निवर्तमान उप कमाण्डरसहित दुई शान्ति सेना घाइते भएका छन् ।

‘लेबनानी सेनाको खुफिया एजेन्सीले २५ भन्दा बढी व्यक्तिलाई गिरफ्तार गरेको छ,’ आन्तरिक मन्त्री अहमद अल–हज्जरले शनिबार एक आपतकालीन सुरक्षा बैठक पछि पत्रकारहरूलाई बताए ।

‘यी बन्दीहरूले आक्रमण गरेका हुन् भन्ने होइन, तर यसको जिम्मेवार को हो भन्ने अनुसन्धानले देखाउँछ,‘ उनले भने ।

उक्त आक्रमणमा आफ्नो मिसन सकेर घर फर्किँदै गरेका नेपाली नागरिक तथा निवर्तमान फोर्स कमाण्डर चोकबहादुर ढकाल घाइते भएका छन् । साथै, लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले आफ्नो एउटा गाडीमा आगजनी गरेपछि छानबिन गर्न आग्रह गरेको छ ।

युनिफिलका उपप्रवक्ता कान्डिस अर्डिएलले एएफपीलाई दोस्रो नेपाली शान्ति सैनिक पनि घाइते भएको र अस्पतालमा भर्ना गरिएको बताए ।

प्रधानमन्त्री नवाफ सलामले आक्रमणको कडा निन्दा गरेका छन् । लेबनानका लागि संयुक्त राष्ट्र सङ्घका विशेष संयोजक जेनिन हेनिस–प्लास्चार्ट र युनिफिल कमाण्डर जनरल एरोल्डो लाजारोसँगको वार्तामा उनले दोषीहरूलाई पक्राउ गर्ने वाचा गरेका थिए । रासस, एएफपी

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार