शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन निर्देशन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३ फागुन, २०८१ मा प्रकाशित
स्वर्गद्वारी गुठी किसानको समस्या समाधानका लागि कानुन बनाउन निर्देशन
काठमाडौं, फागुन ३ :

स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गर्न वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति कुसुमदेवी थापाले स्वर्गद्वारी गुठी किसानहरूलाई जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि गुठी संस्थानसहितको आवश्यक समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको बताइन् ।

उनले भनिन्, ‘स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानुन तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन छ ।’

समितिले यस सम्बन्धमा परेका समस्या र विशेष कार्यप्रगति फागुन महिनाभित्र संसदीय समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार