काठमाडौं, फागुन ३ :

मोरङ, लमजुङ, पर्सा र डोल्पामा भएका छुट्टाछुट्टै घटनामा चारजना मृत फेला परेका छन् ।

प्रहरीका अनुसार मोरङको बेलबारी नगरपालिका ३, पशु हटियास्थित हटियाको सटरछेउको पिँढीमा पथरीशनिश्चरे भातेगौंडा घर भएका ५० वर्षीय गोपाल विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै लमजुङको सुन्दरबजार नगरपालिका ९, घुमाउनेस्थित बेली कृषि फर्मको खोंचमा राईनास नगरपालिका ९ साउनेपानी घर भएका ४६ वर्षीय उमेश विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

पर्साको ठोरी गाउँपालिका ३, ओडारस्थित ओडार खोलामा सोही गाउँपालिका २, बर्मानगर बस्ने ७६ वर्षीय हस्तबहादुर श्रेष्ठ शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

डोल्पाको ठुली भेरी नगरपालिका ३, जगत पुलनजिक ठुली भेरी नदीको किनारमा त्रिपुरासुन्दरी नगरपालिका ४, रंग घर भई ठुली भेरी नगरपालका ३, मेलसेरामा डेरा गरी बस्ने २४ वर्षीय विवश बुढा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।