बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
विदेश

हमासले सम्झौता बमोजिम बन्धकहरू रिहा गर्ने

· बिहीबार, २ फागुन, २०८१ मा प्रकाशित
हमासले सम्झौता बमोजिम बन्धकहरू रिहा गर्ने
काठमाडाैं, फागुन २ :

हमासले इजरायलसँगको युद्धविराम सम्झौताप्रति आफू प्रतिबद्ध रहेको जनाउँदै बन्धकहरूलाई निर्धारित तालिकाअनुसार नै रिहा गर्ने जनाएको छ । 

हमासले निर्धारित समयअनुसार नै बाँकी बन्धकहरू रिहा गर्न तयार भएको जनाएको छ । हमासको यो निर्णयले पुन: युद्ध सुरु हुने सम्भावनालाई रोक्ने अपेक्षा गरिएको छ।

मध्यस्थकर्ताले गर्दा दुई पक्षबीचको अविश्वासको खाडललाई कम गरेको र युद्धविराम सम्झौता कार्यान्वयन जारी राख्न प्रतिबद्ध रहेको जनाएका छन् । यसबारे इजरायलबाट भने कुनै प्रतिक्रिया आएको छैन ।

हमासले इजरायल युद्धविरामका लागि इमानदार नभएको भन्दै बन्धकहरूको रिहाइ रोक्ने बताएको थियो । हमास प्रवक्ता अबु ओबेदाले युद्धविराम सम्झौतअनुसार इजरायलले विस्थापित प्यालेस्टिनीलाई उत्तरी गाजामा फिर्ता हुन नदिएको, स्थानीयमाथि गोली चलाएको र सहमतिअनुसार मानवीय सहायता वितरणमा अनुमति नदिएको आरोप लगाएका हुन् ।

इजरायलले शनिबारसम्म बन्धकहरूलाई रिहा नगरे युद्धविराम अन्त्य हुने चेतावनी दिएको थियो ।  इजरायली नागरिकहरूले गाजामा बन्धकहरूलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार