
कोसी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ बिबिध कार्यक्रम आयोजन गरेर तीनदिन मनाइने भएको छ । यसका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुल समारोह समिति बिहीबार गठन गरिएको छ ।
प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले मुल समारोह समितिको अध्यक्षमा मुख्यमन्त्री कार्की र सदस्यमा प्रदेशसभाका सभामुख, उच्च अदालत विराटनगरका मख्य न्यायाधिश, प्रदेशका मन्त्री, प्रदेशसभाका उपसभामुख, प्रम्ख विपक्षी दलका नेता, पूर्वमुख्यमन्त्रीहरु, राज्यमन्त्री, विराटनगर महानगरपालिकाका प्रमुख, मोरङका नगरपालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख रहने गरी ६५ सदस्य मूल समारोह समिति गठन गरेको मूल समारोह समितिको सचिवमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव रहेका छन् ।
बैठकले फागुन ६ ,७ र ८ गते प्रजातन्त्र दिवस भव्यरूपमा मनाउने निर्णय गरेको छ ।फागुन ६ गते कार्यालय, घर आँगन, सार्वजनिक स्थलमा सरसफाईन गर्ने, रक्त्तदान, सोही साँझ दिपावली गर्ने कार्यक्रम रहेको यस्तै फागुन ७ गते विहान ७ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष आगाडिबाट निस्कने प्रभातफेरीले रोडशेष चोक, भूमि प्रशासन चोक, ट्राफिक चोकसम्म पुगी पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी मूलसमारोहको कार्यक्रममा सहभागी हुने, सोही दिन साँझ दिपावली गर्ने कार्यक्रम छ । यसैगरी फागुन ८ गते अस्पतालमा जेष्ठ नागरिक एवं वृद्धआश्रममा रहेका आश्रितलाई फलफुल वितरण गर्ने र साँझ दिपावली गर्ने कार्यक्रम रहेको छ । बैठकमा प्रदेशका मन्त्री, सुरक्षा निकायका प्रमुखहरु, प्रदेशका सचिव, कर्मचारीको उपस्थिति रहेको थियो ।