सोलखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आएको भीषण बाढीले थामे गाउँका एक होटल र दुई वटा घर बगाएको छ ।
स्थानीयले थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गरेका छन ।
उनीहरुका अनुसार टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेर बाढी आएको हुनसक्छ ।
क्षतिको यकीन विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ ।
दूधकोशी नदीमा बाढी आइरहेकाले तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको छ।
नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको प्रमुख जिल्ला अधिकारी देबी पाण्डे खत्रीले जानकारी दिनुभयो ।
नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएकोले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’