बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार प्रदेश कर्णाली प्रदेश

ब्रेकले काम नगर्दा दुर्घटना भएको चालकको बयान

· शुक्रबार, १ भदौ, २०८१ मा प्रकाशित
ब्रेकले काम नगर्दा दुर्घटना भएको चालकको बयान
भदौ १ :

डोटीमा रात्रि बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा बस दुर्घटना भएको हो । दुर्घटनामा चालक सहित १७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका छन् । 

घाईते हुनेहरुमा सायल गाउँपालिका–४ का २४ वर्षीय इन्द्र बोगटी, सोही ठाउँका ८२ वर्षीय तेज बहादुर सिंह, ६८ वर्षीय हर्क बहादुर सिंह र ५६ वर्षीय लालवीरे भुल भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी सायल गाउँपालिका–३ का ४० वर्षी दल बहादुर बयाडी, पूर्वीचौकी गाउँपालिका–७ तिमुरदहका २१ वर्षीय हिक्मत बिक, बोगटान फुड्सिल गाउँपालिका–६ पलाडीका ३५ वर्षीय देव बोगटी घाइते भएका छन् ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका–१ तिखाकी ४० वर्षीया डम्बरी खड्का, दिपायल सिलगढी नगरपालिका–४ राजपुरका ३८ वर्षीय डिल बहादुर नेपाली, , दिपायल सिलगढी नगरपालिका–६ का २९ वर्षीय भेषराज धामी पनि घाइते भएका छन् । आदर्श गाउँपालिका–४ भुवाका ३० वर्षीय कृष्ण विष्ट, सोही ठाउँका ३८ वर्षीय  सन्तोष बोहरा र आदर्श गाउँपालिकाकै वडा नं १ का २३ वर्षीय प्रकाश खड्का, डडेलधुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–२ की २१ वर्षीया सविता देउवा घाइते भएको प्रहरीले जनाएको छ ।
बस चालक शिखर नगरपालिका–१० का २८ वर्षीय भरत रावल र बसका साहु केआईसिंह गाउँपालिका–२ का ४६ वर्षीय कमल विक्रम शाही घाइते भएको प्रहरीले जनाएको छ ।


धनगढीबाट दिपायलतर्फ गईरहेको शैलेश्वरी यातायातको ना ५ ख ४४९१ नम्बरको रात्रि बस आज बिहान करीब साढे ४ बजे दुर्घटना भएको हो । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ । 
 
बस सडकबाट स्थानीयको घर माथि खसेको थियो । घरमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १६ जना बसमा सवार यात्रुहरू हुन् भने एक जना घरमा सुतिरहेकी महिला हुन् ।

त्यस्तै घरमाथिबाट बस खस्दा घरमा सुतिरहेकी स्थानीय ५० वर्षीया सरूँ नेगी पनि घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । 

गाडीको प्रेसर पाइप फुटेका कारण उकालोमा ब्रेकले काम नगर्दा दुर्घटना भएको चालक रावलले बयान दिएका छन् ।
घाइतेहरूको उपचार भइरहेको छ । 

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार