बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
समाचार स्वास्थ्य

रोग निययन्त्रणका लागि लमजुङका दुई लाख २८ हजार पशुलाई खोप

· शुक्रबार, १ भदौ, २०८१ मा प्रकाशित
रोग निययन्त्रणका लागि लमजुङका दुई लाख २८ हजार पशुलाई खोप
लमजुङ, भदौ १ :

लमजुङका ८ पालिकामा रोग निययन्त्रण गर्न दुई लाख २८ हजार पशुमा खोप लगाइएको छ । 

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले आर्थिक वर्ष २०८०-८१ मा सबै पालिकाका किसानको घरघरमा पुगेर बाख्रा, गाईभैँसी, बङ्गुर, कुकुरलाई खोप लगाइएको केन्द्रका निमित्त प्रमुख डा सुनिल न्यौपानेले बताउनुभयो ।

गाईवस्तु, २९ हजार तीन सय ८६, भैँसी ५७ हजार सात सय छ, बाख्रा एक लाख १७ हजार तीन सय ४१, भेडा १६ हजार आठ सय ७९ वटा, बङ्गुर दुई हजार  ६ सय ६९ र कुकुर चार हजार चार सय २१ वटामा खोप लगाइएको थियो । 

सबैभन्दा बढी बेँसीसहर नगरपालिका र सबैभन्दा कम दूधपोखरी गाउँपालिकाका किसानका चौपायमा खोप लगाइएको छ । बेँसीशहरमा ३६ हजार एक सय ३२, दूधपोखरीमा १५ हजार चार सय १६ पशुचौपायामा खोप लगाइएको छ । 

त्यसैगरी सुन्दरबजार नगरपालिकामा ३२ हजार नौ सय ९१, राइनास नगरपालिकामा २६ हजार ३७, मध्यनेपाल नगरपालिकामा ३० हजार छ सय २४, दोर्दी गाउँपालिकामा ३४ हजार सात सय २८, मर्‍स्याङदी गाउँपालिमामा ३५ हजार सात सय५४ वटा र क्व्होलासोथर गाउँपालिकामा १६ हजार सात सय १९ चौपायमा खोप लगाइएको छ ।

खोप कार्यक्रम सञ्चालनका लागि ८१ खोपकर्ता परिचालन गरिएको प्रमुख न्यौपानेले बताउनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार