रौतहट, भदौ १ :
रौतहटमा धारिलो हतियार प्रहार गरी एक वृद्धको हत्या भएको छ । गौर नगरपालिका- ५ कोइरी टोलका ७४ वर्षीय अनुरुद महतोको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।
आफ्नो घरमा सुतेका महतोको गौरस्थित झोलुङ्गे पुलको दक्षिणपट्टी धान खेतमा आज विहान शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) एलिजा गिरीले जानकारी दिनुभयो ।
महतोको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको खबर लगत्तै रौतहटका प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरे सहितको टोली घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गिरीले बताउनुभयो ।
फोटोः नेपाल टेलिभिजन
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
विराटनगरमाथि काठमान्डु गोर्खाजको ९ विकेटको सानदार जित
प्रस्तावित चार न्यायाधीशको संसदीय सुनुवाइ शुक्रबारदेखि, १३ जनाबाट २८ उजुरी
‘मन्त्रिपरिषद्मा पेस हुने प्रस्तावको वैधानिकता जाँच्ने जिम्मेवारी मुख्यसचिवको हो’