शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो #काठमान्डु गोर्खाज#सानदार जित#संसदीय सुनुवाइ शुक्रबार#प्रस्तावित चार न्यायाधीश#मिनेन्द्र रिजाल#कांग्रेसले प्रतिवाद गर्ने#सभापति रवि लामिछाने#लुम्बिनीको उत्कृष्ट जित#सभापति गगनकुमार थापा#पद्माकुमारी अर्याल#सुरक्षा प्रमुख#प्रधानमन्त्रीलाई ब्रिफिङ#स्वदेशी फूल बिक्री#३३ स्थान तोकियो
राजनीति

काभ्रेमा कांग्रेस-एमाले छाडेर माओवादी प्रवेश, दाहालले गरे स्वागत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
काभ्रेमा कांग्रेस-एमाले छाडेर माओवादी प्रवेश, दाहालले गरे स्वागत
काभ्रे, माघ २६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काभ्रेका विभिन्न स्थानबाट नेपाली कांग्रेस, नेकपा एमाले परित्याग गरेका नेता-कार्यकर्तालाई स्वागत गरेका छन् ।

माओवादी केन्द्र जिल्ला समन्वय समिति काभ्रेले धुलिखेलमा गरेको राजनीतिक वैचारिक प्रशिक्षणका क्रममा अध्यक्ष दाहालले नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ ।

तेमाल गाउँपालिकाबाट रावणजी तामाङको नेतृत्वमा २१ जना, धुलिखेल नगरपालिकाबाट भीमबहादुर मोक्तान, वीरबहादुर घिसिङसहित २५ जना र रोशी गाउँपालिकाबाट जोवान लामासहित विभिन्न व्यक्ति माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनीहरु कांग्रेस, एमालेलगायत दलहरु परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

प्रशिक्षणमा अध्यक्ष दाहाल, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, केन्द्रीय सदस्य सूर्यमान दोङलगायत नेताहरुको सहभागिता छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार