बिहीबार, १९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
समाचार राजनीति

‘काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं’

-अर्थतन्त्र लयमा ल्याउन अध्यादेश
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ माघ, २०८१ मा प्रकाशित
‘काम गर्नेहरूलाई हावादारी गफ गर्नेसँग तुलना नगरौं’
काठमाडौं, माघ २६ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् । शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका २९ को वडा भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन् । के गर्दा ठुलो कुरा हुने यहाँ ? काम गर्नुहरूलाई त्यसै हावादनरी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ उनले भने, ‘तपाईं-हामीले होहल्ला गर्ने पछाडिको नियत के हो ? त्यो पनि बुझ्नुपर्यो नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने  । विदेशमा कति हजार डलर कमाइराको छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्यो नि ।’

उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो ? भन्दै प्रश्न पनि गरे । उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठन्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे । त्यस्तै उनले नागरिकको सरकार स्थिर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउन अध्यादेश ल्याइएको पनि प्रस्ट्याए ।

फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताका लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने धारणा राखे । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे । उनले काठमाडौं क्षेत्र नम्बर १ बाट आफूले संसद्‌मा प्रतिधित्व गरेपछि सडक, सामुदायिक विद्यालयका पूर्वाधारमा धेरै काम भएको दाबी पनि गरे । उनले अब स्वास्थ्यमा ध्यान दिनुपर्ने भन्दै प्रभावकारी वडा क्लिनिक बनाउन काम गर्नुपर्नेमा जोड दिए ।

वडाको प्रशासकीय भवन बनेपछि काठमाडौं २९ को सेवा प्रभावकारी बन्ने पनि सिंहले विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार